Logo

चन्द्रागिरिमा आइतवारदेखि एक घण्टाको लन्च ब्रेक, साढे १२ देखि साढे १सम्म केबलकार बन्द

चन्द्रागिरिमा आइतवारदेखि एक घण्टाको लन्च ब्रेक, साढे १२ देखि साढे १सम्म केबलकार बन्द


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आइतवारदेखि दिउँसो १ घण्टा ‘लञ्च ब्रेक’को व्यवस्थ लागु गरेको छ । नयाँ व्यवस्था अनुसार दिउँसो १२:३० बजेदेखि १:३० बजेसम्म चन्द्रागिरि केबलकार बन्द हुनेछ ।

कम्पनीमा कार्यरत कर्मचारीहरुको खाना खाने समय एवम् केबलकारको इन्जिनलाई समेत केहिसमय आराम दिनुपर्ने भएकाले यस्तो व्यवस्थालागु गरिएको कम्पनीले जानकारी दिएको हो ।

यो व्यवस्था सार्वजनिक विदाका दिन तथा शनिबार लागु हुने नहुने बताएको छ । केबलकार वाहेक चन्द्रागिरि हिल्स परिसरमा रहेका अन्य सेवाहरु रेस्टुरेन्ट, बार, वालउद्यान नियमति संचालन हुनेछन् । स्थापनादेखि नै चन्द्रागिरि हिल्स व्यवस्थापनले विहानदेखि साँझ ५ बजेसम्म केबलकार नियमित रुपमा संचालन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्