Logo

इजरायल-हमास युद्धविराममा सहमति, चाँडै बन्धक रिहा हुने ट्रम्पको घोषणा

इजरायल-हमास युद्धविराममा सहमति, चाँडै बन्धक रिहा हुने ट्रम्पको घोषणा



काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबिच आफ्नो शान्ति योजना अनुरूप इजरायल र हमासबीच युद्धबिराम भएको घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा यसबारे जानकारी दिएका हुन् ।

‘इजरायल र हमास दुवै पक्षले हाम्रो शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएका छन्।’ट्रम्पले भने ‘यसको अर्थ सबै बन्धकहरू अब छिट्टै मुक्त गरिनेछन्, र इजरायली सेना शान्ति सम्झौता अनुसार सहमति गरिएको रेखासम्म फिर्ता हुने छ।’ उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा यस्तो लेखेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो सम्झौतालाई ‘इजरायलका लागि ऐतिहासिक दिन’ भन्दै यसलाई अनुमोदन गर्न बिहीबार मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। हमासले पनि सम्झौताको पुष्टि गर्दै ट्रम्प र संलग्न देशहरूलाई इजरायलले सम्झौताका सबै प्रावधानहरू पूर्ण रूपमा पालना गर्ने सुनिश्चित गर्न आग्रह गरेको छ।

अक्टोबर ७ मा भएको इजरायलमा हमासले गरेको आक्रमणमा १,२०० जनाको मृत्यु भएको थियो, जसमध्ये धेरैजसो इजरायली नागरिक थिए। यसको अतिरिक्त, २५१ जनालाई बन्धक बनाइएको थियो । तिनैमध्ये एक नेपालमा विपिन जोशी पनि छन् । इजरायली आक्रमणमा अहिलेसम्म ६६ हजार १५८ प्यालेस्टिनीहरू मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्