Logo

बाढीपहिरोको क्षतिवापत ३ अर्ब २६ करोड बराबरको बीमा दावी, सम्पत्ति बीमालेखमार्फत दावी धेरै

बाढीपहिरोको क्षतिवापत ३ अर्ब २६ करोड बराबरको बीमा दावी, सम्पत्ति बीमालेखमार्फत दावी धेरै



काठमाडौं । गएको असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा कूल ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ७०४ वटा बीमा दाबीको करिव ३ अर्ब २६ करोड ७६ लाख दाबी परेको बीमा प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा ३ सय ३४ ओटा सम्पन्त्रि बीमा, २०९ ओटा कृषि तथा बालि बीमा, ८७ ओटा ईन्जिनियरिङ तथा ठेकेदार जोखिम, ४२ मोटर बीमालेख अन्तर्गत बीमा दावी परेको हो ।

प्रतिक्रिया दिनुहोस्