Logo

बोईङ जहाज बिक्री गर्न आगामी हप्ता ग्लोबल टेण्डर गर्दै निगम, मन्त्रालयले दियो सहमति

बोईङ जहाज बिक्री गर्न आगामी हप्ता ग्लोबल टेण्डर गर्दै निगम, मन्त्रालयले दियो सहमति



काठमाडौं । नेपाल वायुसेवा निगमले बोईङ ७५७, ९एन बिक्री गर्न ग्लोबल टेण्डर आह्वान गर्ने भएको छ ।

laxmi

सो जहाज बिक्री गर्ने वा आफैले संचालन गर्ने भन्ने विषयमा लामो समयसम्म अन्यौल रहेकोमा निगमले अन्ततः बिक्री गर्ने निर्णय गरेको हो । बिक्री गर्न मन्त्रालयले स्वीकृति दिएसँगै ग्लोबल टेण्डर गर्न लागिएको निगमले जानकारी दिएको छ । पछिल्लो समय संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सो जहाज बिक्री गर्ने वा संचालन गर्ने सम्बन्धमा टुङ्गो लगाउने जिम्मा बोर्डलाई नै दिए पछि जहाज बिक्री गर्न लागिएको हो ।

मन्त्रालयले उक्त जहाज बिक्री गर्ने वा संचालन गर्ने जिम्मा बोर्डलाई दिए पछि छानविन समिति बनाएको थियो । उक्त समितिले बोईङ ७५७ संचालन गर्दा आर्थिक रुपमा घाटा हुने प्रतिवेदन बुझाए पछि निगम बोर्डले बिक्री गर्न बाटो खुला गरेको हो । निगमका सहप्रवक्त नवराज कोईरालाका अनुसार सो जहाजको पहिलेनै मूल्याङ्कन भए पनि लामो समय देखी ग्राउण्डेड भएका कारण पहिलेको मूल्याङ्कन भन्दा केही रकम घटे पनि बढाबढमा लिलाम बिक्री गर्न लागेको बताए ।

जहाज बिक्री गर्ने व्यस्थापनको प्रस्तावलाई निगम सञ्चालक समितिले स्वीकृति गरी ७६ करोड रुपैयाँको मूल्याङकन समेत गरेको थियो । तर वाईडबडी काण्डले चर्चा पाएसँगै निगम उक्त जहाज बिक्री गर्नबाट पछि हटेको थियो । तर उक्त जहाज बिक्री गर्न यही हप्तामा नै ४५ दिने टेण्डर खुलाउने तयारी गरिरहेको कोइरालाले बिजखबरलाई जानकारी दिएका छन ।

सो जहाज विगत लामो समय देखी ग्राउण्डेड रहेको उक्त जहाज मर्मत गरी संचालन गर्दा आर्थिक रुपमा धेरै भार पर्ने देखिए पछि जहाज बिक्री गर्न लागेको हो । जहाजमा बारम्बार समस्या आइरहने र मर्मतमा भएको अधिक खर्च धान्नै नसक्ने निष्कर्ष निकाल्दै निगमले जहाज बिक्री गर्ने निर्णय गरिएको थियो । अन्तरराष्ट्रिय उडानको १ सय ९० सिट क्षमताको बोइङ ७५७ हाल ग्राउण्डेड अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL