Logo

विश्वमा आर्थिक मन्दी प्रक्षेपण गरिएभन्दा पनि अझ खराब हुने अनुमान, आइएमएफले प्रक्षेपित तथ्यांक परिवर्तन गर्यो

विश्वमा आर्थिक मन्दी प्रक्षेपण गरिएभन्दा पनि अझ खराब हुने अनुमान, आइएमएफले प्रक्षेपित तथ्यांक परिवर्तन गर्यो



काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्व अर्थतन्त्रमा आफूले सोचेभन्दा खराब मन्दी आउने बताएको छ ।

laxmi

आईएमएफले आफ्नो पुरानो प्रक्षेपणभन्दा कोरोनाको कारण मन्दी अझ धेरै ओरालो लाग्ने र अर्थतन्त्रको पुनर्स्थापना हुन अझै ढिलो हुने बताएको छ ।

आईएमएफले बुधबार विश्वको कूल ग्राहस्थ उत्पादन यो ४।९ प्रतिशतले खुम्चिने बताएको हो । यसअघि गत अप्रिलमा उसले विश्व अर्थतन्त्रमा जीडीपी ३ प्रतिशतले मात्र खुम्चिने बताएको थियो ।

सन् १९३० मा देखा परेको आर्थिक मन्दी जस्तै आगामी अर्थतन्त्र पनि हुने आईएमएफको प्रक्षेपण छ । कोरोना भाइरसको महामारीले विश्वभरीको गतिविधिमा अप्रत्याशित गिरावट ल्याईदिएको थियो ।

साथै आईएमएफले महामारीपछि विश्व श्रम बजार नराम्ररी पिरोलिने बताएको छ । कम्पनीहरुले लगानी कटौटी गरिरहेका छन् र उपभोक्ताको खर्च पनि भारी मात्रामा घटेको आइएमएफले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL