Logo

‘ पूर्ननिर्माण प्राधिकरण चाँडै नै गठन गदैछौं’ डा. महत

‘ पूर्ननिर्माण प्राधिकरण चाँडै नै गठन गदैछौं’ डा. महत


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१९ साउन,काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले पुर्ननिर्माण प्राधिकरण शिघ्र गठन गरिने बताएका छन् ।

सोमबार विकास समितिले गरेको छलफलमा उपस्थित डा. महतले प्राधिकरण गठनमा ढिलाइ भएको स्विकार गर्दै चाँडै गठन गर्ने बताए । ‘भूकम्पपछिको भग्नावशेष तथा सुरक्षित बसोवास निर्माणका लागि पुनर्निर्माण प्राधिकरण शिघ्र निर्माणको तयारीमा छौं उनले भने ।
साथै प्राधिकरण नहुँदा पुनर्निर्माणका काम नरोक्न पनि विकास मन्त्रालयलाई निर्देशन दिएको बताए । बजेटमा ९१ अर्ब रुपैयाँको पुनर्निर्माण बजेटमध्ये ७४ अर्ब प्राधिकरणलाई छुट्याएको उनले जानकारी दिए । उनले भने, ‘त्यसैले प्राधिकरण गठनमा भएको ढिलाइलाई बहाना बनाएर अन्य मन्त्रालयले पुनर्निर्माणको कामलाई रोक्न मिल्दैन ।’

सो छलफलमा सभापति रवीन्द्र अधिकारीले बताए भूकम्प गएको तीन महिना बितिसक्दा पनि पुनर्निर्माण प्राधिकरण नवनेकोले त्ययसको तयारी बारे जानकारी लिन बैठक राखेको बतँए । साथै उनले बैठकबाट प्राधिकरण निर्माणबारे भएको तयारी तीन दिनभित्र जानकारी गराउन निर्देशन दिएको बताए । समितिले भूकम्पपछिको निर्माणमा के–के गरियो र के गर्न बाँकी छ भन्ने रिपोर्ट मागेको छ ।

अर्थमन्त्री डा. महतले सरकारले हाल विभिन्न दातृ राष्ट्र र संस्थाले प्रतिबद्धताले गरेको रकम लिने प्रक्रियाका लागि वार्ता गरिरहेको जानकारी दिए । महतले सम्मेलनमा दाताले रकम दिने प्रतिबद्धता जनाए पनि हालसम्म नदिएको स्पष्ट पारे । उनले भने, ‘अहिले भारत, चीन, जापान, युरोपेली युनियनले गरेको प्रतिबद्धताअनुसारको रकम लिनका लागि नेगोसिएसन भइरहेको छ ।’

रतले हाउजिङ र पूर्वाधार, चीनले सरकारी तथा पुरातात्त्विक भवन, जापानले पूर्वाधारमा प्रतिबद्धता व्यक्त गरेको रकम लगानी गर्न चासो देखाएको उनले बताए ।
प्राधिकरण बन्न ढिलाइ भइरहँदा खर्चको अख्तियारी पाइसकेका मन्त्रालयले निर्माण सुरु गर्नुपर्ने उनले बताए । मन्त्रालयले प्राधिकरण गठनमा भएको ढिलाइलाई काम नगर्ने बहानाबाजी मात्रै हुने उनले बताए । ‘प्राधिकरण बनेपछि पनि मन्त्रालयले आफ्नो काम आफैँ गर्ने हो । काम गर्न प्राधिकण भएन भनेर मन्त्रालयले बहाना बनाउने होइन,’ उनले भने ।

बैठकमा उपस्थित वनमन्त्री महेश आचार्यले पुनर्निर्माणमा वन क्षेत्रमा सक्दो सहयोग गर्ने बताए । उनले भूकम्पपछिको भू–क्षय र पहिरोले निम्त्याएको विकासलाई पनि पुनर्निर्माण सँगसँगै लैजाने बताए । अर्थसचिव सुमन शर्माले समयमै बजेट आएको र मन्त्रालयलाई खर्चको अख्तियार दिइसकेको बताए । ‘मन्त्रालयलाई खर्चको अख्तियारीसहितको बजेट गइसकेको छ,’ उनले भने, ‘त्यसैले सबै मन्त्रालयले काम सुरु गर्नुपर्छ ।’सभापति अधिकारीले भूकम्प गएको तीन महिना बितिसकेकाले पुनर्निर्माणको काम चाँडै गर्नुपर्ने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL