Logo

टेलिफोनमा एनसेल अगाडी, इन्टरनेटमा टेलिकम

टेलिफोनमा एनसेल अगाडी, इन्टरनेटमा टेलिकम


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

laxmi

९ फागुन,काठमाडौं । दुर सञ्चार सेवा प्रदायकहरुमा नेपाल टेलिकम र एनसेलबीचको प्रतिशपर्धा उच्च रुपमा बढ्दै गएको छ । पछिल्लो समय ग्राहकको पहुँचमा एनसेल रहेको छ भने इन्टरनेट सेवामा एनटीसी अगाडी रहेको नेपाल दुर सञ्चार प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

हालै प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार नेपालका २ करोड ५८ लाख जनताले फोन प्रयोग गर्छन । यो संख्या नेपालको कुल जनसंख्याको ९७ दशमलव ६५ प्रतिशत हो । सो मध्ये एनसेलको मात्र १ करोड २० लाख ग्राहक रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै एनसेल पछी बढी ग्राहक हुनेमा एनटीसी पर्छ । एनटीसीका हालसम्म १ करोड १७ लाख ग्राहक छन् । यी दुईको तुलनामा अन्य सेवा प्रदायकहरुको ग्राहक संख्या भने न्यून छ । तथ्यांक अनुसार स्मार्ट टेलिकमको १२ लाख ८१ हजार छन् ।

त्यस्तै युटीएलको ५ लाख ८ हजार, स्मार्ट टेलिकम सञ्चारको २ हजार ९ सय र नेपाल स्याटालाइट टेलिकम प्राली २ लाख ७३ हजार ग्राहक छन् ।

हाल नेपालमा टेलिफोनका २ करोड ५८ लाख ग्राहकमध्ये २ करोड ३० लाखले मोवाइल प्रयोग गर्छन् । त्यसमध्ये ९६ लाख ४९ हजारले मोवाइलबाटै इन्टरनेट प्रयोग गर्छन ।

मोवाइलबाट इन्टरनेट प्रयोग गर्ने ग्राहकमा भने टेलिकम अगाडी रहेको तथ्यांकले देखाएको छ । एनटीसीका ५५ लाख ४४ हजार जनाले मोवाइलबाट इन्टरनेट चलाउछन् भने एनसेलबाट इन्टरनेट चलाउनको संख्या ४० लाख १७ हजार छन् ।

त्यस्तै स्मार्ट टेलिकमका ८७ हजार ६ सय जनाले मोवाइलबाट इन्टरनेट चलाउछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL