Logo

डिजिटल केवल सेवामा हाम्रो प्रतिस्पर्धी कोही पनि छैन

डिजिटल केवल सेवामा हाम्रो प्रतिस्पर्धी कोही पनि छैन


रामराजा श्रेष्ठ
27
Shares

स्थानीय केवल सेवा प्रदायसँगको सहकार्यमा हालसम्म २५ लाख सेटअफ बक्स जडानको लागि सम्झौता गरिसकेका छौं । हाम्रो कम्पनीले दैनिक १ लाख २८ हजार थान सेटअफ बक्स उत्पादन गर्न सक्छ । तसर्थ नेपाली ग्राहकको माग अनुसार बक्स उपलब्ध गराउन सक्छौं ।

हाम्रो लगानीकर्ता विदेशी पब्लिक कम्पनी हो । उक्त कम्पनीले १/२ वर्षका नाफा खोजेको होइन । जसले गर्दा लगानीको लागि समस्या पर्दैन । सिमटिभीको भावी योजना, लगानी तथा कम्पनीले दिने सेवा सुविधाका वारेमा केन्द्रित रहेर बिजखबरका रामराजा श्रेष्ठले सिम्पल मिडिया नेटवर्क (सिमटिभी) का प्रवन्ध निर्देशक रमेश एमके पौडेलसँग गरेको कुराकानीको सार

सेवाग्राहीले सिमटिभीको डिजिटल केवल सेवा कहिले देखि उपयोग गर्न पाउछन् ?

गत हप्तादेखि सिमटिभीको बक्स बुकिङ सुरु भइसक्यो । प्रसारणको टेस्ट फेज र परीक्षण गरिसकेका छौं । माघ २९ मा फर्मल लञ्चिङ प्रोग्राम हुँदैछ । त्यसपछी आफ्नो नजिकको केवल अपरेटरसँग सिमटिभी लिन सकिन्छ । सेवालाई सकभर छिटो कार्यान्यवनमा ल्याउन स्थानीय केवल अपरेटरसँग सहकार्य गर्ने छौं । हाल भइरहेका एनालक नेटकर्वसँग सहकार्य गरेर छिटो भन्दा छिटो बक्स वितरण गर्नेछौं ।

सुरुवाती चरणमा ८ लाख बक्स बाड्दै हुनुहुन्छ । तर, नेपालको ग्राहक त्यो भन्दा धेरै छन् । सवै उपभोक्तालाई कसरी समेट्नु हुन्छ ?

सेवा विस्तारका लागि हामीले स्थानीय केवल अपरेटरसँग सम्झौता गरिसकेका छौं । अहिलेसम्म २५ लाखको सम्झौता भएको छ । सिमटिभी विदेशी लगानी भएको कम्पनी हो । यस कम्पनीले आफै बक्स उत्पादन गर्छ । कम्पनीको उत्पादन क्षमता दैनिक १ लाख २८ हजार छ । तसर्थ ग्राहकले चाहेजति बक्स उपलब्ध गराउन सक्छौं । हाम्रो कम्पनीमा जर्मन, जापान र व्रिटिस भर्जिन आइल्याण्ड कम्पनीको ४९ प्रतिशत लगानी छ । हामीले पहिलो चरणमा ८ लाख बक्स वितरण गर्ने योजना बनाएका छौं । यदि ग्राहकको माग बढेमा १० दिनमा १० लाख बक्स ल्याउन सक्छौ ।

सेवा सुरु गरेपछी डिजीटल केवल सेवामा सिमटिभीको स्थान कहाँ रहन्छ ?

पहिलो कुरा ग्राहको रोजाइमा भरपर्ने विषय हो । नेपाली ग्राहकले निःशुल्क बक्स पाउने छन् । अर्को भनेको हामीले ग्राहकलाई निःशुल्क बक्स वितरण गरिरहेका छौं, जसले गर्दा पनि ग्राहकले हामीलाई राम्रै मान्नु हुनेछ । सरकारले डिजिटल केवल सेवाको नीति ल्यायो तर कार्यान्वयनको नीति ल्याएको छैन । आगामी दिनमा सरकार नै कार्यान्वयनको दिशातर्फ जानुपर्ने देखिन्छ । अहिले विदेशी पब्लिक कम्पनीले हामीलाई विश्वास गरेर लगानी गर्न आइरहेको छ । यो हामीमा गौरवको विषय हो । हाम्रो लक्ष्य २०१७ भित्र गाउँसम्म डिजिटल केवलसेवा पु¥याउनु हो ।

ramesh mk paudel

 

लञ्चिङ फेजमा हुनुहुन्छ , बजार प्रवद्र्धनमा कसरी जाँदै हुनुहुन्छ ?

प्रत्येक शहरमा प्रमुख केवल अपरेटरसँग सम्झौता गरेका छौं । संचालनमा आएपछि उनीहरुले ग्राहलाई बक्स बाँड्ने छन् । ती केवल अपरेटरको नेटवर्कमा नभएका पनि सिमटिभीको ग्राहक बन्न सक्नेछन् । प्रत्येक सहरका सचेत ग्राहकहरुले यो सेवा खोज्ने छन् । गुणस्तरीय च्यानल हेर्न चाहनेले यो सेवाको प्रयोग गर्नुहुनेछ । यो सेवालाई हाल भइरहेका लोकल केवल नेटवर्कबाटै कार्यान्वयनमा ल्याउने छौं ।

तपाईंहरुले जसरी बक्स निःशुल्क वितरण गर्दै हुनुहुन्छ । यसरी वितरण गर्दा कसरी आर्थिक स्रोत जुट्यो भन्ने शंका गरिरहेका छन् नि ? कसरी प्रष्ट्याउनुहुन्छ ?

ग्राहकले बक्सको शुल्क तिर्न नपर्ने मात्र हो । तर सम्पत्ती त हाम्रै हो । हामीले ग्राहकलाई बक्स लीजमा दिने हो । निरन्तर सेवा प्रयोग गर्न छाडेको ३ महिना पछि सिमटीभीले सो बक्स अर्को ग्राहकलाई दिन्छ अथवा ल्याएर आफ्नो स्टोरमा राख्छ । हामीले एउटै बक्सलाई अन्तपनि प्रयोग गर्न सक्छौ । बक्स बेचेर नाफा कमाउनु भन्दा लीजमा दिएर सेवा प्रवद्र्धन गर्न लागेका हौ ।

डिजिटल प्रविधिमा जाँदै हुनुहुन्छ । निःशुल्क वितरण गरेर अरुले भन्दा पहिला नै ‘मार्केट होल्ड’ गर्न लागेको त होइन ?

हामीसँग २० आंै बर्ष यही क्षेत्रमा काम गरेका स्थानीय केवल प्रदायक साथीहरु छन् । उहाँहरुको अहिले पनि आफ्नो क्षेत्रमा ‘मार्केट होल्ड’ छ । हामीले प्रविधि मात्र ‘अपग्रेड’ गर्न लागेका हौं । ग्राहकसँग हरेक किसिकको सम्झौता गर्ने अधिकार स्थानीय केवल अपरेटरसँग नै हुन्छ । हामीले ग्राहकलाई राम्रो सेवा दिने हो । मार्केट भनेको ग्राहकको चाहनामा भर पर्ने विषय हो । खुला प्रतिस्पर्धाको बजारमा जसले राम्रो सेवा दिन्छ ग्राहकले उसैलाई रोज्छन् ।

अहिलेलाई तपाईहरु च्यानलमा मात्र जाँदै हुनुहुन्छ ?

होइन । हाम्रो इन्टरनेट पनि संगै छ । ग्राहकले एउटै तारमा इन्टरनेट र च्यानल दुवै सेवा पाउन सक्छन् ।

ग्राहकले डिजिटल केवल र इन्टरनेट सुविधा लिँदा कति शुल्क तिर्नुपर्छ ?

यसमा छुट्टाछुट्टै प्याकेज छन् । न्युनतम ६० च्यानलको २ सय ५० रुपैयाँ तिर्नुपर्छ । अहिले ग्राहकले ‘एनालक’ प्रविधिबाट हेर्दा पनि सोही च्यानलको ३ सय ५० रुपैयाँ तिर्नुभएको छ । सिमटिभीले अपग्रेड टेक्नोलोजीको ९० देखि १ सय च्यानलको ३ सय ५० रुपैयाँ तिर्नुपर्छ । यस्तै, हाइ डिफिनेशनको सुविधा लिँदा च्यानल अनुसार प्रति च्यानल १० देखि २७ रुपैयाँ तोकेका तिर्नुपर्छ । २ वटा च्यानल लिने ग्राहकका लागि पनि एचडी बक्स नि ःशुल्क दिन्छौ । अहिले हाम्रो सिस्टममा २ सय ५० वटा च्यानल छन् । त्यसमध्ये ग्राहकले आफुलाई मनपर्ने च्यानल हेर्न पाउनुहुनेछ । इन्टरनेटमा ५ सय १२ एमबीको अनलिमिटेड सुविधाको लागि ५ सय ५० रुपैयाँ शुल्क निर्धारण गरेका छौं ।

बहुराष्ट्रिय कम्पनी भर्जिन आइल्याण्डसँगको सहकार्यमा व्यवसाय गर्दै हुनुहुन्छ ? उक्त कम्पनीसँग कसरी सहकार्य हुन पुग्यो ?

यो हाम्रो नयाँ क्षेत्र होइन । यसमा हाम्रो धेरै लामो अनुभव छ । हामीले यूरोपका अन्य कम्पनीसँग पनि काम गरिरहेका छौं । यस्तै, सिमटिभीको नाम अहिले सार्वजनिक गरेपनि २ बर्षदेखि गृहकार्य गर्दै आइरहेका थियौं । लामो समयको तयारी र सर्भेको आधारमा विदेशी कम्पनीसँग सहकार्य गरेका हौं । सरकारको केवलसेवा डिजिटल बनाउने योजना अनुरुप विदेशी कम्पनीले लगानी गर्दैछ, यो सरकारको लागि पनि गौरवको विषय हो । विदेशी कम्पनीसँगको सहयात्रा भनेको नेपाली ग्राहकलाई अत्यन्तै सस्तोमा गुणस्तरीय डिजिटल केवल सेवा प्रदान गर्नु हो ।

sim tv 1

डिजिटल प्रविधि प्रयोग गर्न एलइडी टिभी नै चाहिन्छ ? एलसीडी र सीआरटी टीभीमा यो सुविधा उपयोग गर्न सकिँदैन ?

चाहिँदैन । सामान्य रंगिन टिभीमा पनि जोड्न सकिन्छ । डिजिटल सेटअपबक्स जोड्दा त्यसको सुविधा उपयोग गर्न सकिन्छ । हामीले उपलब्ध गराउने बक्स प्रयोग गरेपछि एलसीडी र सीआरटी टिभीबाट पनि डिजिटल केवल हेर्न सकिन्छ । हाइ डिफिनेशन च्यानलको लागि भने एलइडी टिभी चाहिन्छ ।

अहिले खुला सिमानाबाट अवैध रुपमा भित्रिरहेका छन् । यो चुनौतीको सामना कसरी गर्नुहुन्छ ?

ग्राहकले खुला सिमानाबाट अवैधरुपमा भित्रीएका बक्स पनि पैसा तिरेर किनिरहेका छन् । बक्स किन्न पैसा खर्च गरिरहेका छन् । तर, सिमटिभीले निःशुल्क वितरण गर्न लागेको छ । निःशुल्क बक्स पाउँदापाउँदै ग्राहकले पक्कै पनि पैसा तिरेर किन्दैनन् । साथै सेवा पनि अन्यभन्दा सस्तो छ । तसर्थ ग्राहकले खुला सिमानबाट अवैध रुपमा भित्रिएको बक्सभन्दा सिमटिभीकै बक्स प्रयोग गर्छन ।

आगामी दिनमा अरु डिजिटल केवा प्रदायक पनि आउँदैछन् । यो सेवामा तपाईको प्रतिशपर्धी चाहीँ को हो ?

डिजिटल केवल सेवाका लागि बजारमा हाम्रो प्रतिशपर्धी कोही पनि छैन । हामीले सवै स्थानीय केवल सेवा प्रदायकसँग सहकार्य गरिहेका छौ र सहकार्य गर्न तयार छौं । स्थानीय नेटवर्कमै हामीले बक्स जोडिदिने हो । हामी सबैसँग मिल्न चाहन्छौ । यस्तै, सिमटिभीले २ सय ५० मा ६० च्यानलको प्योकज उपलब्ध गराउँदै छ । जुन ग्राहकको लागि पनि एकदमै सस्तो हो । तसर्थ बजारमा हाम्रो प्रतिस्पर्धी अरु हुन सक्दैनन् ।

एनालक सेवालाई डिजिटल प्रविधिमा लैजान सरकारले गर्नुपर्ने काम तपाईहरुले गर्दै हुनुहुन्छ नि ?

सरकारले नीति बनाउछ तर कार्यान्यनमा जाँदैन । सरकारको कार्यान्यनको पाटो एकदमै कमजोर छ । त्यसले गर्दा सरकारले नीति कार्यन्वयन गर्न जनचेतनामुलक कार्यक्रम गर्नुपर्छ भन्ने हाम्रो माग हो ।

कति बर्षभित्र देशका सवै ग्राहकलाई यो सेवा दिनुहुन्छ ?

सरकारले २०१७ सम्म गाउँगाउँमा डिजिटल केवलसेवा पुर्याउनले नीति लिएको छ । तसर्थ सिमटिभीले पनि सोही अनुसार गाउँगाउँमा आफ्नो सेवा विस्ता गर्ने नीति लिएको छ । छिटो सेवा विस्तारका लागि स्थानीय केवल अपरेटरलाई आवश्यक सर्भिस विस्तारका लागि अप्टिकल तार पनि उपलब्ध गराएका छौ ।

अप्टिकल फाइवर तथा बक्स निःशुल्क दिनुभएको छ । आर्थिक पाटो कसरी जुटाउनु भएको छ त ?

लगानी गर्ने विदेशी पव्लिक लिमिटेड कम्पनी हो । हामीले छिटो नाफा खोजेका छैनौं । ग्राहकलाई बक्स निःशुल्क वितरण गरेपनि त्यो हामै्र सम्पती हो । निःशुल्क बाडेको भन्दैमा हामीले चन्दा दिएका होइनौं । कम्पनीले १८/२० बर्ष पछि मात्र नाफा खोजेको छ । व्यवसायमा दिर्घकालिन योजनाका साथ अघि बढ्यो लगानीको आर्थिक अभाव पर्दैन ।

अन्तमा सिमटिभीको तर्फबाट ग्राहकलाई के भन्न चाहनुहुन्छ ?

सिमटिभीले दिने सेवा सेवाग्राहीले स्थानीय केवल अपरेटरबाट नै पाउने हो । हामीले दिने डिजिटल सेवालाई ग्राहकले अपनाउनुहुन्छ भन्ने विश्वास लिएका छौं । सिमटिभीले ग्राहकलाई सस्तोमा राम्रो डिजिटल प्रविधि सेवा दिएको छ । तसर्थ आगामी दिनमा नजिकको केवल प्रदायकसँगको सहकार्य गरी सिमटिभीको बक्स लिएर डिजिटल केवलसेवा लिन आग्रह गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
MBL