Logo

ग्राहक तान्न कम्पनीबीच ‘डेटा’मा प्रतिस्पर्धा, यस्ता छन् सस्ता इन्टर्नेट ‘प्योकज’

ग्राहक तान्न कम्पनीबीच ‘डेटा’मा प्रतिस्पर्धा, यस्ता छन् सस्ता इन्टर्नेट ‘प्योकज’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गत महिना सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका शेखर गोल्छाको समर्थनमा भाइबरमा एक ‘ग्रूप’ सिर्जना गरियो । उनका शुभेच्छुकहरु क्रमशः ग्रूपमा जोडिंदै गए ।

laxmi

यो एउटा उदाहरण मात्र हो पछिल्लो समय साथीहरुबीच औपचारिक /अनौपचारिक कुराकानीका लागि मात्र होइन, बिहे, ब्रतबन्धजस्ता पारिवारिक कार्यक्रमको निम्तो समेत फेसबूक, भाइबर, इन्स्टाग्राम वा अन्य सामाजिक सञ्जालबाट हुने गरेको छ । मोवाइल सेवा प्रदायकहरुले डेटा सस्तो र सुलभ मूल्यमा डेटा उपलब्ध गराउन थालेसँगै यो सम्भव भएको हो ।

त्यस्तै मोवाइल डेटाबाटै फोन कल, एसएमएस, भिडियो कललगायत सम्पूर्ण सुविधा सहजै उपलब्ध भएकोले यसका प्रयोगकर्ता बढेको सम्वन्धित विज्ञहरु बताउँछन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार मा हाल १ करोड ७५ लाख ८० हजारले इन्टरनेट प्रयोग गर्ने गरेका छन् । जसमध्ये मोवाइलबाट १ करोड ४० लाखले प्रयोग गर्छन् ।

त्यसो त बजारको माग अनुसार विभिन्न मोवाइल सेवा प्रदायकहरुवीच पनि डेटामा छुट दिने होड नै चलेको छ । नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकमलगमयतले मोवाइल डेटामा विभिन्न प्रकारका छुट तथा सहुलियत उपलब्ध गराउन थालेका छन् । ‘भ्वाइस’ बाट प्रयोगकर्ताहरु विस्तारै डेटा तिर आकर्षित हुन थालेको अवस्थामा बढी प्रयोग हुने डेटामा उपभोक्तालाई सुविधा दिने उद्देश्यसहित छुटको व्यवस्था गरिएको नेपाल टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । ‘बजारको माग अनुसार नै डेटामा विभिन्न योजना सञ्चालनमा ल्याएका हौ’ उनले भने ।

त्यस्तै एनसेलका कपोर्रेट संवाद विज्ञ मिलनमणी शर्माले डेटामा सहज पहुँचका लागि योजना सार्वजनिक गरिएको बताए । ‘सेवाग्राहीलाई लाभ पुर्याउने उद्देश्यअनुसार नै हामीले विभिन्न प्रकारका छुट योजना ल्याउने गरेका हौ’ उनले भने ।त्यस्तै इन्टरनेट सेवा प्रदायकहरुले पनि सस्तो र सुलभ मूलयमा इन्टरनेट सेवा उपलब्ध गराइरहेका छन् ।

यस्ता छन् सस्ता इन्टरनेट प्याकेज

ntc2

नेपाल टेलिकमले हालै सस्तो डाटा अफर ल्याएको छ । कम्पनीले नाइट टाइम प्याक, अल टाइम प्याक, डे नाइट डाटा प्याक, फेसबुक डाटा प्याक र नाइट भ्वाइस प्याक अफर ल्याएको हो । नाइट टाइम प्याक अन्तर्गत राति १० बजेदेखि बिहान ६ बजेसम्म हप्ताका लागि ५ सय एमबिको ४५ रुपैयाँ र १५ दिनका लागि १२ सय एमबिको ९० रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै एक महिने अवधिको ३०७२ एमबिको २ सय रुपैयाँ, एक महिने अवधिको ६६५६ एमबिको ३ सय रुपैयाँ शुल्क तोकिएको छ। अल टाइम प्याकअन्तर्गत ४ सय एमबिको १ सय रुपैयाँ ८५० एमबिको २ सय रुपैयाँ , १५०० एमबिको ३ सय रुपैयाँ तोकिएको छ । २४ सै घण्टा यो प्याकको सेवा लिन सकिन्छ ।

त्यस्तै डे नाइट डाटा प्याकअन्तर्गत बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चलाउन मिल्ने १ सय एमबि र राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने ५०० एमबिको सात दिने डाटा प्याक शुल्क १ सय रुपैयाँ रहेको छ।

जुनसुकै बेला चलाउन मिल्ने ५ दिने फेसबुक डाटा प्याकअन्तर्गत १०० एमबिको २२ रुपैयाँ ६० पैसा शुल्क तोकिएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याकको शुल्क २५ रुपैयाँ तोकिएको छ । टेलिकमको यी सुविधाहरू प्रयोग गर्नका लागि ८१४१५३ डायल गर्नुपर्ने टेलिकमले जानकारी दिएको छ ।

Ncell brand logoत्यसैगरी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । वैशाख ७ गते देखि लागु भएको योजना अन्तरगत न्युनतम ६ पैसा प्रति एमबि सम्ममा डेटा सेवा लिन सक्नेछन् ।

अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक मध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकता अनुसार जति पटक पनि खरिद गर्न सक्नेछन् ।

अल टाइम डेटा प्याकमा ग्राहकले १० रुपैयाँमा २५ एमबि, २० रुपैयाँमा ६० एमबि, १ सय रुपैयाँमा ३ सय एमबि डेटा खरिद गर्न सक्नेछन् । त्यस्तै १ सय ५० रुपैयाँमा ६ सय एमबि र २ सय ५० रुपैयाँमा १ हजार २ सय एमबि डेटा खरिद गर्न सक्नेछन् ।

डे डेटा प्याक खरिदमा ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् । नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युम पाउनेछन् ।

डे डेटा प्याक अन्तर्गत ग्राहकले न्युनतम ११ पैसा प्रति एमबि सम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डेटा प्याक लिने ग्राहकले मात्र ६ पैसा प्रति एमबि सम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् । ३ सय एमबि, ६ सय एमबि र १ हजार २ सय एमबिका प्याकहरुको समयावधि ३० दिन रहेको छ र २५ एमबि र ६० एमबि का प्याकको समयावधि ३ दिनको रहनेछ । एनसेलका ग्राहकले एस्ट्रिस्क १७१२३ ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL