काठमाडौं । सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानको साढे १० अर्ब रुपैयाँ एकैपटक निकासा भएको छ । अर्थमन्त्री रामेश्वर खनालले ब्याजदर अनुदान रकम निकासा दिएपछि राष्ट्र बैंकले निर्णय गरेर मंगलबार सम्बन्धित बैंकको खातामा पठाएको हो ।
२ वर्षदेखि सरकारले ब्याज अनुदान वापतको रकम भुक्तानी गर्न बाँकी थियो । उक्त रमक निकासा भएसँगै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई रकम भुक्तानी गरिदिएको प्रवक्ता किरण पण्डितले जानकारी दिए ।
उनले २०८१ चैत मसान्तसमम्मको ब्याज अनुदानको १० अर्ब ५८ करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थालाई भुक्तानी गरेको बताए । २०८० साउनदेखिको सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान वापतको रकम सरकारले भुक्तानी गर्न बाँकी थियो । अहिले गत चैतसम्मको ब्याज अनुदान भुक्तानी भएको उनले बताए ।