Logo

जेन-जी आन्दोलनमा क्षतिको कूल बीमा दाबी २३ अर्ब २२ करोड, १ अर्ब २९ करोड भुक्तानी

जेन-जी आन्दोलनमा क्षतिको कूल बीमा दाबी २३ अर्ब २२ करोड, १ अर्ब २९ करोड भुक्तानी



काठमाडौं । हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिव २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ ।

विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दाबी परेको बीमा प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख रुपैयाँ भुक्तानी भईसकेको छ ।

निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७ सय ६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३ सय ७४ को संख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्