Logo

वैदेशिक रोजगार संघमा विवाद चुलियो, वाग्लेले चुनाव नगराए व्यवसायीले संघ कब्जा गर्ने

वैदेशिक रोजगार संघमा विवाद चुलियो, वाग्लेले चुनाव नगराए व्यवसायीले संघ कब्जा गर्ने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१४ फागुन, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले निर्वाचन गराउन दिर्नेशन दिएसँगै नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विवाद झन चुलिएको छ ।

केही समय अधि संघका अध्यक्ष हंशराज वाग्लेको नेतृत्वले यही शुक्रबार साधारण सभा वोलाउने निर्णय गरेको थियो । तर, संघका तत्कालिन द्धितिय उपाध्यक्ष कुमुद खनालको नेतृत्व, नेपाल प्रगतिशिल वैदशिक रोजगार व्यवसायी मञ्च, लोकतान्त्रिक वैदेशिक रोजगार लोकतान्त्रिक फोरम र तमु धीले निर्वाचनको माग राख्दै जिल्ला प्रशानमा निवेदन दिएका थिए । सोही आधारमा जिल्ला प्रशासनले चैत १५ गतेभित्र निर्वाचन गराउन निर्देशन दिएको छ ।

तिनवटै संस्थाले पत्रकार सम्मेलन गरी चैत १५ गतेभित्र जसरी भएपनि निर्वाचन गराउने बताएका छन् । कार्यक्रममा अध्यक्ष वाग्लेले व्यवसायीको हकहितभन्दा पनि संघको नाम बेचेर गैरकानुनी काम गर्दै आएको फोरमका महासचिव कुमुद खनालले बताए । ‘हामीले अध्यक्षलाई पटकपटक सुध्रिन आग्रह गर्यौ तर, उनले उल्टै व्यवसायीक हित विपरित बेष्टिनेट र भिएलएनको दलाली गर्ने काम गरे,’ उनले भने ।

यस्तै, प्रगतिशिलका कार्यवाहक अध्यक्ष हरी पाण्डेले भने अध्यक्ष वाग्लेले चुनाव नगराए जिल्ला प्रशासनको रोहवरमा गराउने बताए । ‘जिल्ला प्रशासनको निर्देशन अनुसार वाग्लेले ३ दिनभित्र हामी ३ वटै संस्थालाई राखेर चुवावको मिति घोषणा गर्नुपर्छ,’ उनले भने, ‘यदि उनले चुनाव घोषणा नगरे व्यवसायीले संघ कब्जा गर्नेछ ।’

यस्तै, संघ पूर्व अध्यक्ष सोमलाल बाटाजूले पनि वाग्ले आर्थिक प्रलोभनमा परेर व्यवसायिक हित विपरित काम गर्दै आएको बताए । यदि वाग्लेले चुनाव नगराए व्यवसायीले उनको मुखमा थुकिदिने उनले बाटाजूले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL