Logo

१ हजारको लगानीबाट करोडपती, यसरी गरे कृषक कार्कीले प्रगती

१ हजारको लगानीबाट करोडपती, यसरी गरे कृषक कार्कीले प्रगती


बिजखबर संवाददाता
0
Shares

धु्रवसागर शर्मा

बेनी । १ हजारको लगानीबट कृषि शुरु गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्की अहिले १ करोडभन्दा बढी सम्पत्तिको मालिक बनेका छन् । ४० वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ

रु एक हजारको लगानीबाट कृषि पेशा शुरु गरेका कार्की अहिले करोडपती बनेका हुन् ।

उनीसँगै पढेका साथीहरु अहिले कृषि वैज्ञानिक, बरिष्ठ कृषि विकास अधिकृतलगायत निजामती सेवाको उच्च तहमा पुगेका छन् । कृषक कार्कीको प्रगति देखेर उनीहरु पनि आश्चर्य चकित हुने गरेका छन् ।

२०३४ सालमा १८ वर्षको उमेरदेखि रु १ हजारको लगानीबाट कृषि पेशा शुरु गरेका कार्की अहिले जिल्लाका नमूना कृषक र कृषि पेशाबाट नै सामाजिक सेवामा सक्रिय व्यक्तिका रुपमा चिनिन्छन् ।

उनले आफ्नो १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका कार्की जिल्लामा मिश्रित खेती प्रणालीका पहिलो कृषकसमेत हुन् ।

कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायतका तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायतका फलफूल लहलह झुलिरहेका र लटरम्म फलिरहेका देखिन्छन् ।

गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा रहेका मौरी र माछा पालनबाट पनि कार्कीले मनग्गे आम्दानी गर्दै आएका छन् ।

‘मैले १८ वर्षको उमेरदेखि तरकारी खेती शुरु गरेको हुँ’, कार्कीले भने ‘त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै अफर आएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेशा शुरु गरेँ, अहिले त्यतिबेला मैले सही निर्णय गरेको रहेछु भन्ने लाग्छ ।”

एक हजार लगानीबाट शुरु गरेको व्यावसायिक तरकारी खेतीले कार्कीलाई अहिले रु एक करोडभन्दा बढीको मालिक बनाएको छ । तरकारी बिक्रीबाट आएको आम्दानीले कार्कीले अत्यन्तै महँगो शहरमध्येमा पर्ने बेनी बजारको मंगलाघाटमा घडेरी किनेर घरसमेत बनाइसकेका छन् ।
त्यसैगरी, पर्वत बेनीमा समेत घडेरी किनेका छन् । कृषिबाट मात्र वार्षिक रु १२ लाखभन्दा बढी कमाइ हुने बताउने कार्कीले दैनिक दूधसमेत बिक्री गर्छन् ।
त्यस्तै, गाउँमा र बेनीको मंगलाघाटमा गरी दुईवटा पसलसमेत सञ्चालन गरेका छन् ।
बेनीको मंगलाघाटमा रहेको उनको पसलमा अग्र्यानिक कृषिउपज, फलफूल र तरकारीका बिरुवा ९बेर्ना०, वर, पीपल, समी, तुलसीलगायत धार्मिक वृक्षका बिरुवासमेत पाइन्छन् ।

कृषि पेशाबाट भएको आम्दानीले कार्कीले गाउँमा जग्गासमेत जोडेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This