Logo

विश्व बैंकद्वारा ४५ करोड अमेरिकी डलर सहयोग, सडक पूर्वाधारमा खर्च गरिने

विश्व बैंकद्वारा ४५ करोड अमेरिकी डलर सहयोग, सडक पूर्वाधारमा खर्च गरिने



काठमाडौं । विश्व बैंकले नेपाललाई ४५ करोड अमेरिकी डलर सहयोग गरेको छ । शुक्रबार नेपाल सरकार र विश्व बैंकबीच कोभिड १९पश्चात नेपालका आर्थिक गतिविधिलाइ बढावा दिन ४५करोड अमेरिकि डलर बराबरको सडक सहयोग आयोजनामा हस्ताक्षर भएको हो ।

विश्व बैंकको उक्त सहयोगले यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधार लगायत सीमापार व्यापारको दक्षतामा सुधार गर्नेछ र रणनैतिक सडक संजाल व्यवस्थापन क्षमताको सुदृढीकरण गर्नेछ । उक्त आयोजना नेपाल सरकार र विश्व बैंकबीच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल आयोजना हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा, नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका हुन ।

आयोजनामा सहयोगका लागि विश्व बैंक समुहलाई धन्यवाद दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त आयोजनाले सीमापार बजार लगायत सडक संजालको विस्तार र राष्ट्रिय एकीकरण लाइ बढावा दिदैं कोभिड(१९ पश्चातको आर्थिक पुनरुत्थानलाइ सघाउने बताए ।

नेपालको द्रुत र दिगो विकासको एजेण्डामा सडक संजाल सम्पर्कको उच्च महत्व रहेको प्रसंग उठाउँदै अर्थमन्त्रीले नेपालमा आर्थिक बृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाइ तीव्रता दिन र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न दिगो यातायात तथा दिगो, समावेशी र उच्च(गुणस्तरीयपूर्वाधारहरूको महत्व सर्वव्यापी रहेको जानकारी गराए ।

अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानालेयस आयोजनाले मुख्य यातायात मार्ग र सीमापार बिन्दुहरूमार्फत सामानहरू ढुवानी गर्ने समय र लागत घटाउनुका साथै विशेषगरि कोभिड १९ पश्चातको अवस्थामा आर्थिक वृद्धिलाई द्रुत तथा दिगो बनाउनमा आयोजना केन्द्रित रहने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL