Logo

निगमको स्पष्टोक्ती : कर्मचारीलाई २० बर्षदेखि बोनस बाँडेका छैनौं

निगमको स्पष्टोक्ती : कर्मचारीलाई २० बर्षदेखि बोनस बाँडेका छैनौं



काठमाडौं । नेपाल आयल निगमले विगत २० बर्षदेखि कर्मचारीलाई बोनस नबाँडेको जानकारी दिएको छ । आईतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पनि बोनस नपाएको बताएका हुन् ।

laxmi

निगमका कर्मचारीहरुले नै कुरा नबुझेर बोनस नपाएको भन्ने गुनासो गरेपनि हालसम्म बोनस नबाँडीएको उनले बताए । कार्यक्रममा बोल्दै उनले वित्तीय विवरणमा हुने ३ अर्बको फिगरले बोनस देखिएपनि त्यो सरकारको आम्दानीमा गएको बताए । ‘वित्तीय विवरण सार्वजनिक भएको ६ महिनाभित्रमा बोनस बाँडीसक्नुपर्ने हुन्छ । त्यसो भएन भने त्यो सरकारको आम्दानीमा जान्छ,’ उनले भने, ‘महालेखापरिक्षकको कार्यालयले पनि यो रकमलाई आम्दानीमा गणना गर्न भनिसकेको छ ।’

उनले आफ्नो ३ बर्षे कार्यकालमा आफैले पनि हालसम्म बोनस नथापेको बताएका छन् । ‘बोनस भन्ने छ त्यो हालसम्म मैले पनि पाएको अवस्था छैन,’ उनले भने, ‘मै पनि ३ बर्षे कार्यकाल बोनस नपाईकन बाहिरिँदैछु ।’

हालसम्म निगमका कर्मचारीहरुलाई बोनस पाउन योग्य भन्दै तोकिएका कर्मचारीले मात्रै उक्त बोन पाउँन बाँकी रहेको र अन्य कसैले पनि ऐनका आधारमा पनि बोनस नपाउने उनले बताए ।

उनको भनाईलाई प्रष्ट्याउँदै वाणिज्य सचिव दिनेश भट्टराईले पनि २०५८ सालदेखि बोनस वितरण नगरेको कुरा सहि भएको बताए । यस्तै उनले आयल निगमकै कर्मचारीले पनि बोनस नपाएको बताईरहँदा यसले निगमले बोनस नबाँडेको सत्य भएको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL