काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंक लाइनको बक्यौताको पहिलो किस्ता तिरेको छ । कम्पनीले ५० लाख ४३ हजार रुपैयाँको रकम भुक्तानी गरेको प्राधिकरणले शनिबार जानकारी दिएको छ।
सिमरा वितरण केन्द्रअन्तर्गतको यो ग्राहकले विक्रम संवत् २०७२ माघदेखि २०७५ वैशाखसम्म उपभोग गरेको विद्युत् सेवाको बक्यौता १४ करोड १२ लाख ५ हजार रुपैयाँ रहेको थियो। यो रकम तिर्नका लागि हुलासले २८ किस्तामा भुक्तानी गर्ने सुविधा प्राप्त गरेको हो।
हुलास स्टिलले यस्तो बक्यौता रकम तिरेको यो नै पहिलो पटक भएको प्राधिकरणका एक अधिकारीले बताए ।