Logo

सोल्टी होटलको लाभांश घोषणा, बुक क्लोज कहिले ?

सोल्टी होटलको लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । सोल्टी होटलले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ३१.५७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसअनुसार यस कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २८ गते वार्षिक साधारण सभा डाकेको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब सुन्धारा, काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्