काठमाडौं । गोल्छा अर्गनाइजेसनका कार्यकारी अध्यक्ष शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् भन्ने आकांक्षा व्यक्त गरेका छन् ।
हालै केही व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट आफ्नै परिवार पनि प्रभावित भएको स्मरण गर्दै उनले आफू र आफ्नो परिवार निराश वा विचलित नभएको बताएका छन् ।
गोल्छाले भनेका छन्, ‘आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना गर्दछु । हामी अझ सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी बढाउन प्रतिवद्ध छौं ।ँ
उनले अन्धकारपछि आउने उज्यालोले सबै नेपालीलाई सद्भाव र एकतामा बाँध्ने विश्वास पनि व्यक्त गरेका छन् । गएको सोमबार र मंगलबार भएको जेन जी पुस्ताको हिंसात्मक आन्दोलनमा निजी क्षेत्रका धेरैजसो कारखाना, स्टोरलगायतमा आगजनी भएको थियो । त्यसमा गोल्छा ग्रुपका पनि केहि स्टोरसँगै घर परेको थियो ।