Logo

जेन-जि आन्दोलनपछि चिन्तामा उद्योगी व्यवसायी, निजी क्षेत्रलाई उचित क्षतिपूर्ति र दोषीमाथि कारबाही गर्न महासङ्घको माग

जेन-जि आन्दोलनपछि चिन्तामा उद्योगी व्यवसायी, निजी क्षेत्रलाई उचित क्षतिपूर्ति र दोषीमाथि कारबाही गर्न महासङ्घको माग



काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले भदौ २३ गतेदेखि सुरु भएको जेन जि आन्दोलनपछि देशभर देखिएको तोडफोड, आगजनी र लुटपाटप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

महासंघले बुधबार वक्तव्य जारी गर्दै आन्दोलनको शुरुवात युवा पुस्ताले भ्रष्टाचार विरुद्ध पवित्र मनसायका साथ गरे पनि त्यसलाई अपहरण गरी सार्वजनिक संरचना र निजी उद्योग–व्यवसायमा आक्रमण गरिनु दुर्भाग्यपूर्ण भएको जनाएको छ ।

वक्तव्यमा आन्दोलनकै क्रममा निहत्था विद्यार्थी र युवामाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

महासंघले तोडफोड र आगजनीका कारण ठूलो संख्यामा रोजगारी गुमेको, निजी क्षेत्रको मनोबल कमजोर बनेको र देशको अर्थतन्त्र दशकौँ पछाडि धकेलिएको उल्लेख गर्दै सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही र प्रभावित व्यवसायका लागि क्षतिपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

साथै, लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय हितको रक्षा गर्दै जनताको ज्यान–धनको सुरक्षा सुनिश्चित गर्न राज्यलाई अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्