Logo

कोरोना नियन्त्रण कोषमा वैदेशिक रोजगार व्यवसायीको एक करोड सहयोग, कामदार उद्धार कोषमा थप १ करोड जम्मा गर्ने

कोरोना नियन्त्रण कोषमा वैदेशिक रोजगार व्यवसायीको एक करोड सहयोग, कामदार उद्धार कोषमा थप १ करोड जम्मा गर्ने



काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत म्यानपावर व्यवसायीले राखेको नगद धरौटीको २५ प्रतिशत रकमको व्याजबाट प्राप्त हुने रकममध्ये रु एक करोड उक्त कोषमा जम्मा गर्ने निर्णय गरिएको सङ्घका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए ।

सङ्घले थप रु एक करोड कामदार उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This