यसै शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । त्यसयता नीतिप्रतिको क्रिया प्रतिक्रिया जारी छ । निजी क्षेत्रका छाता सङ्गठनहरूले मौद्रिक नीति सार्वजनिक भएकै साँझ यसको स्वागत गर्दै आफ्नो औपचारिक धारणा सार्वजनिक गरिसकेका छन् । नीतिले देशमा व्यावसायिक वातावरण सिर्जना भएको उनीहरूको ठहर छ । औद्योगिक वातावरण तयार…