काठमाडौं । अर्जे्न्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ । मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार उनलाई अन्तर्रा्ष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो । उनलाई खेलप्रतिबन्धसँगै ५० हजार अमेरिकी डलर जरिवाना तोकिएको अधिकारीहरुले जनाएका छन् । अर्जे्न्टिना र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका क्रममा…