काठमाडौं । मलेसियामा कोरोना भाइरसको महामारी रोक्नका लागि संकटकाल घोषणा गरिएको छ । मलेसियाका प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले मंगलबार संकटकाल घोषणा गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्मका लागि लगाएको बताइएको छ । अवस्था हेरेर त्यसभन्दा अघि नै खुुकुलो पनि हुनसक्ने दरबार स्रोतले जनाएको छ…