काठमाडौं । सरकारले भारतबाट कच्चा पदार्थको रुपमा १९ हजार मेट्रिकटन चिनी आयातका लागि आशयपत्र माग गरेको छ । भारतले औद्योगिक कच्चा पदार्थको रुपमा २५ हजार मेट्रिकटन चिनी नेपाललाई उपलब्ध गराउने घोषणा गरेको छ । सोही अनुसार त्यसमध्ये १९ हजार मेट्रिकटन चिनी कच्चा पदार्थको रुपमा नेपालमा ल्याउन चाहने उद्योगहरुसँग उद्योग विभागले आशयपत्र माग गरेको हो ।…