काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडका लगानीकर्ताहरूले तत्काल चुक्ता पुँजी जुटाएर संचालनमा ल्याउन नसके नयाँ लगानीकर्तालाई बिक्री गर्नेदेखि खारेजी (लिक्विडेशन)मा लैजाने तयारी गरेको छ । समस्याग्रस्त क्यापिटल मर्चेन्टमा २०७५ सालमा भित्रिएका प्रबलजङ्ग पाण्डे तथा चिरञ्जीवी थापा लगायतका लगानीकर्ता समुहले लामो समयदेखि आफूले पनि पुँजी जुटाउन नसक्ने र नयाँ लगानीकर्तालाई प्रवेशको लागि…