काठमाडौं । नबिल बैंकले दक्षिण एशियाकै (निजी बैंकतर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डसमा ‘मेरिट अवार्ड’ प्राप्त गरेको छ । साउथ एशियन फेडरेसन अफ एकाउन्टेन्स (साफा) ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो । दक्षिण एशियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२–२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता…