Logo

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज असोज ३० गते बिहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ३१ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १३.५३ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । उक्त लाभांश पारित गर्न बैंकले कात्तिक १५ गते शनिबार, होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरमा १९औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्