काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार सम्पन्न १९औं वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको ४०१औं बैठकले आचार्यलाई अध्यक्षमा पुनः चयन गरेको हो ।
आचार्य यसअघि पनि बैंकको अध्यक्ष पदमा थिए । साधारण सभाबाट आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति चयन गरिएको छ । संस्थापक समूह अन्तर्गतबाट सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।