काठमाडौं । आज असोज २६ गते आइतबार सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात असोज २७ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले बैंकले प्रस्ताव गरेको लाभांश हात पार्न सक्छन् । बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
उक्त लाभांश पारित गर्न बैंकले कात्तिक २ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली बैंक्यावेट भाटभटेनी, काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ । यसका साथै सभाले ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।