Logo

लाभांश प्रस्ताव पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश प्रस्ताव पारित गर्न ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न ग्लोबल आइएमई बैंकले साधारण सभा बोलाएको छ । बैंकले कात्तिक २६ गते १९ औं वार्षिक साधारण सभा बोलाएको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा सभा बिहान १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्