काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको असोज २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंक सञ्चालक सकितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको अगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्रै लगानीकर्ताले पाउनेछन् ।








