Logo

रेमिट्यान्स आप्रवाहमा उच्च वृद्धि, दुई महिनामै भित्रियो ३ खर्ब ५२ अर्ब रुपैयाँ

रेमिट्यान्स आप्रवाहमा उच्च वृद्धि, दुई महिनामै भित्रियो ३ खर्ब ५२ अर्ब रुपैयाँ



काठमाडौं । चालु आर्थिक बर्ष २०८२÷८३ को दुई महिनामै नेपालमा ३ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो २ महिनाको विवरण सार्वजनिक गर्दै विप्रेषण आप्रवाह गत आवको सोही अवधिको तुलनामा ३३.१ प्रतिशतले वृद्धि भई ३५२ अर्ब ८ करोड रुपैयाँ पुगेको बताएको हो । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।

यसरी हेर्दा चालु आवको भदौमा मात्रै १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जानकारी दिएको छ । भदौ महिनासम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो ।

चालु आवको पछिल्लो दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार १ सय ९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८ सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्