Logo

नवीकरण भएन प्रभु टेक्नोलोजी, लेनदेन बाँकी रहेकाले ३० दिनभित्र सम्पर्क गर्नुपर्ने

नवीकरण भएन प्रभु टेक्नोलोजी, लेनदेन बाँकी रहेकाले ३० दिनभित्र सम्पर्क गर्नुपर्ने



काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेड नवीकरण भएको छैन । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना सार्वजनिक गर्दै प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण नगरिएको जनाएको हो ।

राष्ट्र बैंकले उक्त कम्पनीमा भुक्तानी उपकरण प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भएको ३० दिनभित्र संस्थामा सम्पर्क गर्न सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्