Logo

एसबीआई बैंक चन्द्रनिगाहपुर बाट २० लाख लुटियो

एसबीआई बैंक चन्द्रनिगाहपुर बाट २० लाख लुटियो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२ मंसिर, काठमााडौं । नेपाल एसबीआई बैंकको रौतहतस्थित चन्द्रनिगाहापुर शाखाबाट २० लाख रुपैया चोरी भएको छ । आज दिउँसो एक हतियारधारी समुहले बैंक भित्र छिरेर सुरक्षार गार्ड र कर्मचारीलाई हतियार देखाइ उक्त रकम लुटपाट गरेको थियो ।

२ वटा मोटरसाइकलमा आएको अपरिचित समुहले लुटपाट पछि  बैंकमै मोटरसाईकल छाडेर भागेका थिए ।  लुटेराहरुको प्रतिकार गर्न खोज्दा बैंकका सुरक्षा गार्ड शेर बहादुर कार्की घाइते भएका छन् भने  लुटेरा समुहलाई पछ्याउदै गएको प्रहरी  र लुटेरा बीच टाँडीको जंगलमा दाहोरो गोली हानाहान भएको समाचार स्रोतले बताएको छ । प्रहरीको गोलीबाट लुटेरा समुहका नारायण राई गम्भीर घाइते भएको प्रहरीले बताएको छ । उक्त घटनाको छानविन भैरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL