Logo

आईएमईद्वारा १० लाखको आकांक्षा छात्रवृत्ति घोषणा, साउन ३२, सम्ममा आवेदन खुल्ला

आईएमईद्वारा १० लाखको आकांक्षा छात्रवृत्ति घोषणा, साउन ३२, सम्ममा आवेदन खुल्ला


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२० असार,काठमाडौं । आईएमई तथा ग्लोबल आईएमई बैंकले आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रबृत्ति सञ्चालनमा ल्याएको छ ।

हिसान तथा प्याब्सनको सहकार्यमा असार १५ गते देखि संचालनमा ल्याएको हो ।

उक्त छात्रवृत्ति अन्तर्गत कक्षा १ देखि ११ सम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विद्यार्थीबाट प्राप्त हुने आउने सदर आवेदनका आधारमा एक शैक्षिक सत्रका लागि छात्रवृत्ति प्रदान गरिने बताइएको छ । आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाईने कुल १०लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि एक सय जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।

ईच्छुक विधार्थीले यी संस्थाका वेब साईट एवंम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आफ्नो विवरण भरी कम्तिमा दुई बर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विधालय प्रधानाध्यापकको सिफारिस सहित यही साउन ३२,  सम्ममा आवेदन दिनुपर्ने छ ।
निर्धारित समयमा आएका आवेदनलाई सम्बन्धित संस्थाका उच्च पदाधिकारी एवम् शिक्षाविद् संलग्न समितिले निर्णय गर्नेछ ।

यो समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । बैशाख १२ मा गएको विनाशकारी महाभुकम्प र त्यसबाट उत्पन्न पराकम्पनबाट प्रभावित विद्यार्थीहरुले पनि उक्त छात्रवृत्तिबाट राहत प्राप्त गर्न सक्ने बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL