Logo

सिटिजन्स बैंक र धनुषाका विभिन्न संघ संस्थाबीच सम्झौता, बैंकका ग्राहकलाई ५० प्रतिशतसम्म छुट

सिटिजन्स बैंक र धनुषाका विभिन्न संघ संस्थाबीच सम्झौता, बैंकका ग्राहकलाई ५० प्रतिशतसम्म छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले धनुषाका विभिन्न होटल रेष्टुरेन्टसँग सम्झौता गरेको छ । आफ्ना ग्राहकहरुलाई विशेष छुट सुविधा दिने सर्तमा बैंकले जनकपुरधाम, धनुषामा अवस्थित होटल राजदरबार एण्ड नवरगं रिसोर्ट, होटल वेलकम, होटल सितासरण, सितासरण होटल एण्ड प्लाजा, लिटिल मोर रेष्टुरेन्ट एण्ड क्याफे, होटल प्रफेक्ट प्लाजा, निरोग्य क्लिनीक एण्ड रिसर्च सेन्टर तथा बुद्ध डायबिटिक एण्ड थाइरोइड केयरसँग सम्झौता गरेको हो ।

laxmi

यी संस्थाहरुका सेवामा अब बैंकका ग्राहकहरुले १० देखि ५० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४६ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL