Logo

बिहीबार २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दै राष्ट्र बैंक, ३ बजेसम्म अनलाईन बिडिङ सिस्टमबाट बोल कबोल हुने

बिहीबार २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दै राष्ट्र बैंक, ३ बजेसम्म अनलाईन बिडिङ सिस्टमबाट बोल कबोल हुने



काठमाडौं । नेपाल राष्ट« बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । अधिक तरलता देखिएपछि केन्द्रीय बैंकले बिहीबार २० अर्ब रुपैयाँ निक्षेप बजारबाट तान्ने भएको हो ।

laxmi

यसका लागि आज बिहीबार (असार २८ गते) अपरान्ह ३ बजे अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । मंगलबार मात्रै रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ तानेको केन्द्रीय बैंकले बिहीबार पुनः २० अर्ब रुपैयाँको निक्षेप बोलकबोल गर्न लागेको हो ।

उक्त निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण हुने राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बालकबोल गर्न सक्नेछन् ।

केन्द्रीय बैंकले २९ दिन अवधिको लागि निक्षेप लिन लागेको हो । साउन २६ गते साँवा तथा ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएपछि केन्द्रीय बैंकले विभिन्न उपकरण प्रयोग गरी तरलता प्रशोचन गर्दै आएको छ । मंगलबार राष्ट्र बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ माग गर्दा बैंक तथा वित्तीय संस्थाहरुले ५३ अर्ब ५० करोडको आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL