Logo

नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष ज्ञवालीले लिए शपथ, बैंकलाई थप मजबुत बनाउने प्रतिवद्धता

नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष ज्ञवालीले लिए शपथ, बैंकलाई थप मजबुत बनाउने प्रतिवद्धता



काठमाडौं । नेपाल बैंक सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त भएका गंगाप्रसाद ज्ञवालीले पद तथा गोपिनयताको सपथ लिएका छन् । श्रावण २३ गतेको बैठकबाट सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त भएका गंगाप्रसाद ज्ञवालीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन ।

laxmi

बैंकका नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदै गर्भनर अधिकारीले बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बैंक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

उक्त कार्यक्रममा आफ्ना भनाई राख्दै नव नियुक्त अध्यक्ष गंगाप्रसाद ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे । उनले शपथ ग्रहण कार्यक्रमका लागि नेपाल राष्ट्र बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै बैंकको व्यवसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासहरुको जानकारी समेत गराएका थिए ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा। निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक डा। गुणाकर भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका सदस्यहरु डा।सावित्री रञ्जित श्रेष्ठ, विवेक शम्शेर ज।ब।रा। तथा बैंकका कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL