GBIME

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई अक्क्षित रिसोर्टमा २० प्रतिशत छुट, सम्झौतामा हस्ताक्षर


बिजखबर संवाददाता
19 May, 2022 3:23 pm

AkchitResort-rbb

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली मुलकोटमा रहेको अक्क्षित रिसोर्ट एण्ड र्याफिटिङ्ग बिच बैंकका ग्राहकहरुलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्बन्धमा बुधबार सम्झौता भएको छ ।

NLIC
LAXMI

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र रिसोर्टका प्रोपाइटर रश्मी वस्नेतबिच हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले डिजिटल माध्यम (मोवाइल बैंकिङ्ग, एटिएम कार्ड, क्रेडिट कार्ड, कनेक्ट आइपिएस) बाट रकम भुक्तानी गर्दा रिसोर्टले पेय पदार्थमा १० प्रतिशत, खानामा १५ प्रतिशत र कोठामा २० प्रतिशत छुट प्रदान गर्नेछ ।

कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु दुर्गाकुमारी कँडेल, सरोज वस्नेत, रिसोर्टका रामप्रसाद नेपाल लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL