Logo

‘एभरेष्ट बैंक डिबेन्चर २०८६’ को निष्काशन तथा विक्री आजबाट खुल्ला, बार्षिक ८.५ प्रतिशत ब्याजदर

‘एभरेष्ट बैंक डिबेन्चर २०८६’ को निष्काशन तथा विक्री आजबाट खुल्ला, बार्षिक ८.५ प्रतिशत ब्याजदर



काठमाडौँ । एभरेष्ट बैंक डिबेन्चर २०८६ को निष्काशन तथा विक्री माघ ३ बाट खुल्ला भएको छ ।

आठ बर्ष अवधि तथा बार्षिक ८.५ प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र रु. १००० (एक हजार) अंकित मूल्यका २० लाख कित्ताले हुन आउने रु.२ अर्ब बराबरको ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात १२ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु.१२० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट विक्री गरिने तथा ४० प्रतिशत अर्थात ८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. ८० करोड ऋणपूँजी रकम (सो मध्ये ५ प्रतिशत अर्थात ४०,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट विक्री गर्न लागेको हो ।

यो ऋणपत्र निष्काशन माघ ३ बाट खुल्ला रहने र निष्काशन बन्द छिटोमा माघ ६ हुनेछ । स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा लाखौ सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय , १३८ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL