Logo

शोधानान्तर स्थिति साढे १ खर्बले बचतमा रहँदा यस्तो छ चालु खातामा बचतको अवस्था

शोधानान्तर स्थिति साढे १ खर्बले बचतमा रहँदा यस्तो छ चालु खातामा बचतको अवस्था



काठमाडौं । भदौ मसान्तसम्म आइपुग्दा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड बचतमा रहेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको यसैअवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको छ ।

चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १ खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको छ ।

भदौ महिनामा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब २० करोड रुपैयाा रहेको थियो । यसअवधिमा १ अर्ब २७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्