Logo

लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले कात्तिक ३० गते वार्षिक साधारण सभा बोलाएका छ । बैंकको वर्षिक साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक नियुक्ति र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भएको अधिक खर्च अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसअनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This