काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँ ५० अंकका ४२ करोड थान बैंकनोटहरूको डिजाइनिङ, मुद्रण, आपूर्ति र डेलिभरीको कामका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ ।
मुद्रा व्यवस्थापन विभागले चाइना ब्यांकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई यो ठेक्का प्रदान गर्ने जानकारी दिएको छ । यो ठेक्का अन्तरराष्ट्रिय बोलपत्र अन्तर्गत भएको हो। कम्पनीको बोलपत्र मूल्य लगभग १० करोड ४२ लाख डलरबराबरको थियो ।
यसअघि पनि नेपालले चिनियाँ कम्पनीसँग विभिन्न नोट छाप्ने ठेक्काहरू गरेको इतिहास छ ।