Logo

राष्ट्रिय भुक्तानी स्विच र भुक्तानी प्रणालीसम्बन्धी सन्दर्भ दस्तावेज जारी, मंसिर १० भित्र सुझाव दिन आग्रह

राष्ट्रिय भुक्तानी स्विच र भुक्तानी प्रणालीसम्बन्धी सन्दर्भ दस्तावेज जारी, मंसिर १० भित्र सुझाव दिन आग्रह



काठमाडों । नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी प्रणालीलाई मजबुत बनाउन नेशनल पेमेन्ट स्विचको विस्तृत सन्दर्भ दस्तावेज जारी गरेको छ । नेपालको भुक्तानी क्षेत्रको वर्तमान अवस्था चुनौती र भावी योजना समेटिएको उक्त दस्तावेज केन्द्रिय बैंकले आईतबार सार्वजनिक गरेको हो । उक्त दस्तावेजले एनपीएसलाई केन्द्रीय स्विचको रूपमा स्थापित गर्दै बन्द लूप प्रणालीहरूको खण्डीकरण अन्त्य गर्ने लक्ष्य राखेको छ । यसले खुला एपीआईमार्फत सबै संस्थालाई निष्पक्ष पहुँच दिन्छ।

राष्ट्र बैंकका अनुसार एनपीएसले विभिन्न भुक्तानी पूर्वाधारहरूलाई एकीकृत गर्दै कार्ड र गैरकार्ड भुक्तानीमा अन्तरआवद्धता सुनिश्चित गर्नेछ भने अन्तर्राष्ट्रिय सञ्जालसँग जोडेर सीमापार कारोबार सहज बनाउनेछ।

यसले सबै स्वदेशी लेनदेनलाई आरटीजीएसमार्फत केन्द्रीय बैंकको पैसामा टुंगो लगाउने बताईएको छ ।

नेपालमा हाल ९ भुक्तानी प्रणाली संचालक र २३ सेवा प्रदायक सक्रिय छन् जसमध्ये भिसा मास्टरकार्ड युनियनपे अन्तरराष्ट्रिय हुन् भने एनसीएचएलको नेपालपे फोनपेको फोनपे इन्स्टापे र स्मार्टपे योजनाहरू छन् तर पूर्ण अन्तरसञ्चालमा आउन भने अझै बाँकी छ।

पीएसपीहरूका बन्द लूप प्रणालीहरूले बैंकहरूलाई बहुयामी सदस्यता र लागत बढाउने समस्या निम्त्याएका छन् जसलाई एनपीएसले नेटवर्कबीच जोडेर हल गर्ने बताईएको छ ।

भावी प्रणालीमा ठूला कारोबारका लागि आरटीजीएस र खुद्रा भुक्तानीका लागि एनपीएसले स्विचिङ क्लियरिङ र सेटलमेन्ट गर्दै क्युआर मानकीकरण कार्ड रुटिङ र शुल्क नियन्त्रणमा जोड दिने उक्त दस्तावेजमा उल्लेख छ । राष्ट्र बैंकले यो दस्तावेजमा आगामी मंसिर १० गतेभित्र सुझाव दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्