Logo

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गको भवन मर्मत सम्भारमा सहयोग

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गको भवन मर्मत सम्भारमा सहयोग



काठमाडौं । हालैको आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको काठमाडौं दरबारमार्गस्थित प्रहरी वृत्तको कार्यालय भवन मर्मत सम्भारका लागि महालक्ष्मी विकास बैंकले आर्थिक सहयोग प्रदान गरेको छ।

भवन क्षतिग्रस्त भएपछि न्यूनतम प्रशासनिक कार्यसमेत प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै तत्काल आवश्यक मर्मत सम्भार तथा अन्य सिभिल कार्य गर्न सहयोग गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार यस सहयोगले प्रहरी वृत्त दरबारमार्गमा भईरहेको पुनर्निर्माण तथा मर्मत सम्भार कार्यलाई छिटो सम्पन्न गर्न सहयोग पुग्नेछ।

बैंकले यो सहयोग पुनर्निर्माण प्रयासमा थप योगदान हुने विश्वास व्यक्त गरेको छ। साथै, बैंकका सम्पूर्ण सेवा पूर्ण रूपमा सञ्चालनमा आइसकेको र डिजिटल बैंकिङ सेवाहरु सुरक्षित रूपमा प्रयोग गर्न सकिने जानकारी समेत दिएको छ।

हाल महालक्ष्मी विकास बैंकले देशभर १०२ शाखा सञ्चालनमा ल्याएको छ भने लेकसाइड शाखा बाहेकका शाखाहरुबाट नियमित सेवा प्रदान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्