Logo

नेपाल बैंकका कर्मचारी र ग्राहकले लिफ प्लसबाट सामान खरिद गर्दा छुट पाउने, सम्झौतामा हस्ताक्षर

नेपाल बैंकका कर्मचारी र ग्राहकले लिफ प्लसबाट सामान खरिद गर्दा छुट पाउने, सम्झौतामा हस्ताक्षर



काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूले अब लिफ प्लस प्रालि, शंखमुल, काठमाडौंद्वारा उत्पादन हुने प्राकृतिक सुपारीको पातबाट बनेका प्लेट, कचौरा, थाल, चम्चा आदि घरायसी सामग्रीहरू खरिद गर्दा विशेष छुट पाउने भएका छन्।

सम्झौता अनुसार, बैंकको मोबाइल बैंकिङ एप मार्फत खरिद रकम भुक्तानी गर्दा बिलमा २० प्रतिशतसम्म छुट लागू हुनेछ। ग्राहकहरूले लिफ प्लस प्रालिको वेबसाइट वा फोन नम्बरमार्फत सामान अर्डर गर्न सक्नेछन्।

उक्त सम्झौता पत्रमा असोज २७ गते नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका हुन्।

यो सम्झौता पर्यावरणमैत्री उत्पादनको प्रवर्धन र बैंक ग्राहकहरूलाई सुविधा दिने उद्देश्यले गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्