काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको नयाँ अध्यक्षमा कल्पना खापुङ सर्वसम्मत चयन भएकी छन् । यसअघिका अध्यक्ष गौरब बुढाथोकीले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका थिए ।
फाइनान्सको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीको राजीनामा स्वीकृत गरेर खापुङलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । साथै, सञ्चालक समितिकी सदस्य नीलम बोहराले पनि आफ्नो पदबाट राजीनामा दिएकी छन् । सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिकी सदस्य रहेकी बोहराले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी हुन् ।







