काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई आफ्नो खातामा ईमेल ठेगाना अध्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरुले आफ्नो खातामा बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ एपमा रहेको माई प्रोफाईलमा ट्याप गरी चेन्ज ईमेल गर्न सक्ने बताएको छ ।
साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएका बताएको छ ।
ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी जानकारी लिन सक्नेछन् ।