Logo

कात्तिक महिनाको लागि पनि घट्यो बैंकको ब्याजदर, कुनको कति ?

कात्तिक महिनाको लागि पनि घट्यो बैंकको ब्याजदर, कुनको कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदअनुसार बैंकहरुको औसत ब्याजदर घटेको छ । एक महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.२६ प्रतिशतले घटेको छ ।

असोज महिनामा ५.४६ प्रतिशत विन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर कात्तिकमा ५.२० प्रतिशतविन्दुमा झरेको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले ब्याजदर घटाएका छन् भने ६ वटाले असोज महिनाकै ब्याजदरलाई कात्तिकमा पनि निरन्तरता दिएका छन् ।

विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर रुपमा घट्दै आएको छ । निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि घट्छ । बैंकहरुको ब्याजदर घट्दा पनि बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह भने हुन सकेको छैन । अहिले बैंक तथा वित्तीय संस्थामा साढे ११ खर्बभन्दा धेरै अधिक तरलताको अवस्था छ । उद्योगीव्यवसायिको आत्मविश्वास गुम्दा कर्जाको माग नभएको बैंकरहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्