Logo

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज असोज २३ गते बिहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज २४ गते बुकक्लोज गर्दैछ । गत वर्षको नाफाबाट यस बैंकले लगानीकर्तालाई ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस बैंकले कात्तिक १२ गते साधारण सभा डाकेको छ । सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्